Ram Chandra sir- Chairman

Message From Chairman

“स्थानीय सम्भावना देखि विश्वव्यापी अवसर सम्म: एक खर्ब रुपैयाँ अर्थतन्त्र निर्माणको कालजयी यात्रा–प्रारम्भ”
आदरणीय सभाका प्रमुख अतिथिज्यू, कम्पनीका संचालक एंव पदाधिकारीज्यूहरू, सम्पूर्ण शेयरधनी महानुभावहरू, व्यवस्थापन समूह तथा सम्पूर्ण कर्मचारी पङ्क्ति, लेखापरिक्षक तथा पत्रकार मित्रहरु,यस आर.के.डी. होल्डिंग्स लिमिटेडको नवौं वार्षिक साधारण सभामा यहाँहरू सबैलाई म हार्दिक स्वागत तथा सम्मान व्यक्त गर्दछु । नमस्कार !

आजको यो सभा हाम्रो कम्पनीको नियमित प्रक्रियाको एउटा अंश मात्र होइन – यो एउटा कोसेढुङ्गा हो । यो त्यो यात्राको लेखाजोखा गर्ने अवसर हो जुन सीमित स्रोत, स्पष्ट दृष्टिकोण र दृढ आत्मविश्वासबाट सुरु भई आज बहुआयामिक लगानी समूहको रूपमा स्थापित भएको छ । स्थापना र अहिलेको अवस्था सम्मको बिबेचना गर्दा, २०७३ सालमा नौ जना संस्थापक सदस्यहरूको
साझा सपना, २० करोड रुपैयाँको प्रारम्भिक पूँजी र उद्यमशील नेपाल निर्माणको एक अभियानका रूपमा आर.के.डी. होल्डिंग्स लिमिटेडको स्थापना भएको थियो ।

आज, नौ वर्षको निरन्तर यात्रापछि, हाम्रो अवस्था
देहाय वमोजिमको छ :
अधिकृत पूँजी: ५,००,००,००,०००/- (अक्षेरुपी पाँच अर्ब रुपैयाँ मात्र)
जारी पूँजी: ३,५१,००,००,०००/- (तीन अर्ब एकाउन्न करोड रुपैयाँ मात्र)
सम्बद्ध कम्पनीहरू: बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेड, टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेड लगायत २५ भन्दा बढी कम्पनी,
स्थिति: नेपालको निजी क्षेत्रको उदीयमान र विश्वासनीय लगानी संस्था ।

कम्पनी गण्डकी प्रदेशको राजधानीमा सबैभन्दा बढी कर तिर्ने संस्थाको रुपमा पुरस्कृत भयो । यो उपलब्धि केवल वित्तीय संख्याको वृद्धि मात्र होइन यो हजारौं शेयरधनी, लगानीकर्ता र उद्यमीहरूको विश्वास, धैर्य, अनुशासन र दूरदृष्टिको प्रतिफल हो ।
हाम्रो मार्गदर्शक दर्शनः “C00P2GOVS” को प्रयोग गरी यसको कार्यस्थलमा नै लागु एंव निरन्तर विकास गरि यसलाई “Coops to Corps, Corps to Global Venture” को अभियानको रूपमा अगाडी बढाउन खोजिएको छ ।

“Coops to Corps, Corps to Global Venture” अर्थात् , “सामुदायिक पूँजीबाट कर्पोरेट शक्ति र कर्पोरेट शक्तिबाट विश्वव्यापी उद्यम” दर्शनलाई व्यवहारीक सूत्रमा अभिव्यक्त गर्न खोजिएको छ:

यसको व्यावहारिक अर्थ:
१. स्थानीय तहमा रहेका साना पूँजी, सहकारी समुदाय र उद्यमशीलतालाई संगठित गर्ने ।
२. तिनलाई पारदर्शी, उत्तरदायी र व्यावसायिक कर्पोरेट संरचनामा रूपान्तरण गर्ने ।
३. उक्त कर्पोरेट शक्तिलाई विश्वव्यापी बजार, प्रविधि, पूँजी र अवसरसँग जोड्ने ।
४. विश्वबाट सिर्जित मूल्यलाई पुनः नेपालमा लगानी गरी राष्ट्रिय सम्पत्ति निर्माण गर्ने ।
यो दर्शन हामीले केवल व्यवसायिक रणनीतिको रूपमा होइन, राष्ट्र निर्माणको एउटा आर्थिक अभियानको रूपमा लिएका छौँ ।

हाम्रा पाँच आधारभूत संस्थागत मान्यताहरू

१. समावेशी स्वामित्व (Inclusive Ownership)
सम्पत्ति निर्माणको अवसर केही व्यक्तिमा मात्र केन्द्रित हुनु हुँदैन। साना लगानीकर्ता, युवा, महिला तथा प्रवासी नेपाली सबै यसका भागीदार हुनुपर्छ ।
२. संस्थागत उत्कृष्टता (Institutional Excellence)
व्यक्ति होइन – संस्था बलियो हुनुपर्छ। सुशासन, पारदर्शिता र प्रणालीगत उत्तरदायित्वनै दीर्घकालीन सफलताको आधार हुन् ।
३. विश्वस्तरीय प्रतिस्पर्धा (Global Competitiveness)
नेपालमा जन्मेका संस्थाहरू स्थानीय बजारमा मात्र सीमित नभई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने हुनुपर्छ ।
४. मूल्य सिर्जना र पुनः लगानी (Value Creation and Reinvestment)
लाभांश वितरण मात्र अन्तिम लक्ष्य होइन – प्राप्त प्रतिफललाई उत्पादनशील क्षेत्रमा पुनः लगानी गर्दै मूल्य शृङ्खला विस्तार गर्नु हाम्रो कर्तव्य हो ।
५. राष्ट्र निर्माण (Nation Building)
हरेक लगानी, हरेक निर्णयले नेपालमा रोजगारी, पूर्वाधार, उद्यमशीलता र आर्थिक समृद्धि सिर्जना गर्न योगदान पुर्याउनुपर्छ । आर.के.डी. को दीर्घकालीन दृष्टिकोण छ । हामी आर.के.डी.समूहलाई एउटा विश्वव्यापी नेपाली आर्थिक मञ्च (Global Nepali Economic)

Platform) का रूपमा विकास गर्न चाहन्छौं, जहाँ,

  • स्थानीय समुदायको सम्भावना जोडिनेछ,
  • नेपाली उद्यमशीलता प्रवद्र्धन हुनेछ,
  • विश्वभरका नेपालीहरूको पूँजी, ज्ञान र नेटवर्क एकीकृत हुनेछ,
  • अन्तर्राष्ट्रिय स्तरका कम्पनीहरू निर्माण हुनेछन्,
  • र प्राप्त आर्थिक लाभ पुनः नेपालमा लगानी हुनेछ ।

“व्यवसाय मानिसका लागि हो, मानिस व्यवसायका लागि होइन ।” भन्ने स्पष्ट मान्यता कम्पनीले बोक्नु पर्दछ । लगानीकर्ता सम्बन्धको आत्मा बिकास गर्न भनेको “CSOP” “सामुदायिक स्टक स्वामित्वकरण योजना” कार्यप्रणालीको लागु गर्न हो ।

“हामी सपना बेच्दैनौँ, हामी विश्वास निर्माण गछौँ” भन्ने गरी डेलिभरी दिईरहेका छौँ ।

“पुँजी त्यहाँ राम्रोसँग बढ्छ जहाँ अन्तरआत्मा हुन्छ” भन्ने गरी कम्पनीले डेलिभरी दिनु पर्दछ ।

विषय वस्तुलाई सम्बोधन गर्ने सघन सहकार्यात्मक दर्शनको भावलाई केन्द्रमा राखेर कार्य गर्नु पर्दछ भन्ने हाम्रो दृष्टिकोण रहेको छ । यस अन्तर्गत “बटम टु टप” प्रणाली लोकतान्त्रिक, समावेशी र प्रभावकारी कर्पोरेट शासनको एक महत्त्वपूर्ण आधार बन्नेछ । यसले लगानी नागरिकहरूलाई सशक्त बनाउँदै लगानी समस्याको स्थानीय समाधान प्रदान गर्न मद्दत गर्छ । तर, यसलाई सफल बनाउन व्यवस्थापनको सबै स्तरमा राम्रो समन्वय, पारदर्शिता र क्षमता निर्माणको आवश्यकता पर्छ । जहाँबाट स्पष्ट परिणाम हासिल हुन सकोस् भन्ने गरि कार्यसम्पदान हुनेछ ।

हामीले विकास गरेको COOP2GOVS को दृष्टि, उद्देश्य र पूरक आयामहरूको संघटन अत्यन्त स्पष्ट र संरचित प्रस्तुति हो। यसले सहकार्य, प्रविधि, सांस्कृतिक मूल्य र पर्यावरणीय चेतनालाई एकीकृत गर्दै समावेशी र दिगो शासन प्रणाली निर्माणको ठोस ढाँचा प्रस्तुत गर्दछ । जहाँ बित्तीय स्वन्त्रताप्राप्त हुन सकोस ।

Coop2Govs कुनै परियोजना होइन, परियोजना निर्माणको खँदिलो बैचारिक आधार हो । यो एउटा सहकार्य–आधारित शासन दर्शन हो जसले अर्थतन्त्र, शिक्षा, प्रविधि, संस्कृति र प्रकृतिलाई पूरक आयामको रूपमा जोडेर न्यायपूर्ण र दिगो समाजको निर्माण गर्न खोज्दछ ।

माथी उकास्न ट्रष्टिकोष स्थापना गरिने छ । शेयरधनीहरूको लागि समतामूलक स्वामित्व, नैतिक सम्पत्ति सृजन, वित्तीय अनुशासन र दिगो जीवनशैली सुधारलाई बढवा दिने यसको दृष्टिकोण हुनेछ । ट्रष्टीशिप कोष, सामूहिक समृद्धि, पारदर्शिता र दीर्घकालीन मूल्य सृजनका सिद्धान्तहरूमा सञ्चालन हुनेछ, यो छोटो अवधिको लाभ अधिकतमकरणमा होइन, दीर्घकालीन समतामूलक लाभको सुनिश्चितता को लागी प्रदर्शित हुनेछ ।

जय आर.के.डी. !

रामचन्द्र शर्मा

अध्यक्ष

आर.के.डी होल्डिंग्स लिमिटेड